जिल्ला लिग फुटबल – अकला ,भिमाद र खैरेनीटार विजयी

जिल्ला लिग फुटबल – अकला ,भिमाद र खैरेनीटार विजयी

तनहुँकाे दमाैलीमा सुक्रवार देखि सुरु भएको जिल्ला लिग फुटबल प्रतियोगिता जारी रहेको छ । प्रतियोगिता अन्तर्गत साेमबार भएको खेलमा अकला युवा क्लवले अजम्वरी युवा क्लबलाई ८ – ० गाेलअन्तरले पराजित गरेको छ । उक्त खेलमा म्यान अफदि म्याच अकलाका नन्दबहादुर भुजेल भएका छन् । यस्तै अर्को खेलमा भिमाद युवा क्लवले पुलजिप लाई ५-२ ले पराजित गरेको छ । उक्त खेलमा म्यानअफदि म्याचमा भिमादका सुनम राना भएका छन् ।

यस्तै तेस्रो खेलमा खैरेनीटार युवा क्लवले २- ० गाेल अन्तरले मर्स्याङ्दि युवा क्लबलाई पराजित गरेको छ । उक्त खेलमा खैरेनीटारका समीर राना म्यानअफदि म्याच घाेसित भएका छन् ।

प्रतियोगितामा मंगलबारका सबै खेलहरू स्थगित गरिएकाे खेल संयाेजक कुमार श्रेष्ठले बताए ।
व्यास नगरपालिका वडा नं ३ विपि वनवाटिकाकाे खेलमैदानमा मर्मतको काम अन्तिम अवस्थामा पुगेको र मंगलबार तयार पारेपछि बुधबारदेखिकाे प्रतियोगिता बिपी वनबाटिकामा हुनेगरि एकदिन खेल स्थगित गरिएको संयाेजक श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख र दाेस्राे हुने टिमलाई ५० हजार नगदका साथै मेडल , ट्रफी र प्रमाणपत्र प्रदान गरिने श्रेष्ठले बताए । जिल्ला लिगबाट विजयी हुने क्लबले गण्डकी प्रदेश फुटबल लिगमा सहभागी हुने अवसर पाउने छन् । यस्तै गण्डकी प्रदेश फुटबल संघमा बिजेता क्लवले अखिल नेपाल फुटबल संघले आयाेजना गर्ने एन्फा प्रेसिडेन्ट लिगमा सहभागीता जनाउने छन् ।


प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडिलाइ ५ हजार , सर्वाधिक गाेलकर्ता , उत्कृष्ट गाेलरक्षक , उत्कृष्ट डिफेन्डर , उत्कृष्ट मिडफिल्डरलाइ जनही ३/३ हजार र ट्रफी प्रदान गरिने छ । १० वटा क्लवकाे सहभागीता रहेको लिग फुटबलकाे यही १५ गते समापन हुँदैछ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page