म्याग्दे ५ ले गर्याे गाउँसभा बहिस्कार
तनहुँकाे म्याग्दे गाउँपालिकाको १६ औं गाउँ सभा वडा नं ५ ले बहिस्कार गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि रु ६७ करोड ४९ लाख २९ हजारको अनुमानित बजेट प्रस्तुत गरिरहँदा वडा नं ५ का अध्यक्ष सहित सदस्यहरू काेहि पनि उपस्थित भएका थिएनन् ।
यस सम्बन्धमा वडा नं ५ का अध्यक्ष शिव बहादुर आले सँग सम्पर्क गर्दा आफ्नाे वडामा बजेट कटौती भए पछि बहिस्कार गरेको बताए । आक्राेसित मुद्रामा रहेका आलेले चैत २४ गते कार्यपालिका बैठक बाट पास भएको बजेट अहिले अकस्मात् बन्द गरिनु अत्यन्तै खेदजनक भएको बताए । वडाको बहुला वडार साउने पानी माेटरमार्ग काे एक करोड समपुरक बजेट काटिएपछि आले आक्राेसित भएका छन् । आफुले वडाका जनतालाई वचन दिइसकेको , समपुरकमा पर्ने भए पछि वडाको बजेट नछुट्याएकाे अवस्थामा धाेका भएको उनलेे बताए ।































