क्षेत्रीय हाेटल संघ डुम्रेकाे सभापतिमा पुनः सन्तोष

क्षेत्रीय हाेटल संघ डुम्रेकाे सभापतिमा पुनः सन्तोष

क्षेत्रीय हाेटल संघ तनहुँ डुम्रे बजार इकाईकाे १८औं साधारणसभा एवम् ९ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले इकाईकाे सभापतिमा पुन: सन्तोष थापालाई सर्वसम्मत चयन गरेको छ । समितिकाे प्रथम उपसभापतिमा सरोज श्रेष्ठ , द्धितिय उपसभापतिमा महेन्द्र शाहि , सचिवमा इश्वर लामिछाने र कोषाध्यक्षमा अरुण श्रेष्ठ चयन भएका छन् ।
यस्तै समितिकाे सदस्यहरूमा पदम थापा मगर र
निक्की गुरुङ चयन भएको नवनिर्वाचित उपसभापति महेन्द्र शाहीले बताए । यस्तै समितिकाे दुई जना सदस्य पछि मनाेनित गरिने शाहीले जानकारी दिए ।

त्यसअघि इकाईका सभापति सन्तोष थापाको सभापतित्वमा भएको अधिवेशन उद्घाटन समारोहमा
क्षेत्रीय हाेटल संघ तनहुँका महासचिव राम चन्द्र खड्का ,पुर्व अध्यक्ष राम जोशी , शिखर इन्स्योरेन्स प्रालि शाखा प्रमुख नारायण ढकाल ,श्याम थापा , संजिव श्रेष्ठ , डुम्रे सांस्कृतिक युवा क्लवका अध्यक्ष विक्कि गुरुङ लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page