सलिनाकाे उपचारको लागि ४ लाख सहयोग संकलन

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं १ बाख्रे घर भएकि एपेन्डिक्स बिरामी सलिना गुरूङकाे उपचारको लागि ४ लाख रूपयाँ सहयोग संकलन भएको छ ।

१६ वर्षीय सलिना विगत ३ महिना देखि एपेन्डिक्सले थलिएर बसेकाे र आर्थिक अवस्था कमजोर भएकोले समयमा उपचार हुन नसकेको भन्ने समाचार तनहुँ प्रेस ठट कम मा गत साेमबार प्रकाशित भएपछि अहिले देशबिदेशबाट उनको उपचारको लागि भन्दै सहयोग जुटिरहेको छ । सलिनाकाे उपचारको लागि फाेन पे वाट मंगलबार सम्ममा सुप्रिम सहकारीमा १ लाख ७० हजार रूपयाँ जम्मा भएको छ । यस्तै बिरामीको घरमै पुगेर दिएको अन्य सहयोगमा म्याग्दे दमाैली समाजबाट १० हजार , अभियान्ता गल गुरूङबाट १२ हजार , हरिकुमार मल्ल लगायतबाट प्राप्त भएको नगद बिकास खनाल मार्फत २५ हजार , लाेकदाेहाेरि प्रतिष्ठानबाट ८,५०० , सुप्रिम सहकारी बाट ५५५५, बालकृष्ण घिमिरे लगायतबाट १० हजार , ट्याम्के डाँडा टाेलवाट ५ हजार , सुप्रिम सहकारी कर्मचारीबाट १८४००, थर्पु युवा क्लवबाट ५५०० , रूपा गुरूङ तथा आनन्द दिदिबहिनी समुहबाट १७३०५, रानाभाट समाजबाट ४००० , बरचउर बा समुहबाट १० हजार , भूपू सैनिक क्लवबाट १३२४५, गाउँटाेलवाट १२५०० , कार्यपालिका सदस्यहरू बाट ८००० , उदय मावि बाट २०००० , म्याग्दे गाउँपालिकाबाट १५००० गरि करिब १ लाख ९८ हजार तथा सहकारीको बचत जाेड्दा कुल ३ लाख ६८ हजार पुगेको छ ।



यस्तै इन्द्रेणी कार्यक्रमबाट सलिनाकाे नाममा काटिएको राष्ट्रिय बाणिज्य बैंककाे २० हजारकाे चेक साट्दा ३ लाख ८८ हजार हुन पुग्छ । यस्तै स्थानीय समाजसेवी युवा मदन गुरूङले चलाएकाे अभियानमा ३५ हजार भन्दा माथि संकलन भएको र त्यो केही दिनमा हस्तान्तरण गर्ने गुरूङले बताए । यी सबै रकम जाेड्दा मंगलबार सम्म सलिना लाई बैंक तथा सहकारीमा र नगद गरेर ४ लाख बढी सहयोग रकम प्राप्त भएको छ । यसभित्र समाजसेवी गल गुरूङले संकलन गरेको रकम पनि पर्दछ । जिल्ला समन्वयका पुर्व प्रवक्ता समेत रहेका गुरूङले सहयोग संकलन अभियानकाे फाेन पे र अन्य अभियान्ताहरूले प्रयाेग गरेको फाेन पे एउटै भएकोले रकम सुप्रिम सहकारीको खातामै जम्मा भएको छ । घरमै पुगेर नगद सहयोग भएको मध्येबाट साेमबार बाख्रे टाेल बिकास समितिका अध्यक्ष राजु गुरूङले बिरामी सलिनाकाे आमा ढकमायाकाे नाममा रहेको कामना सेवा बिकास बैंकमा ९६ हजार रूपयाँ जम्मा गरिदिएका छन्


। घरमा धेरै पैसा राख्दा हराउने या चाेरि हुन सक्ने भएकोले सुरक्षाको लागि उक्त रकम बैंकमा जम्मा गरिएको हाे ।
यद्यपि माथि उल्लेखित रकम मध्ये गापाकाे सहयोग १५ हजार आउन बाँकी छ भने उदय मावि बाट सहयोग भएको २० हजार र गाउँटाेल बाट संकलन भएको १२,५०० पहिलोपटक अस्पतालमा लैँजादा खर्च भएको बिरामी सलिनाकि आमा ढकमाया गुरूङले बताइन् । आमा ढकमायाका अनुसार सलिना लाई सुरुमा गत बैशाख ३ गतेदेखि गण्डकी अस्पताल पाेखरामा भर्ना गरेर उपचार गरिएको थियो । त्यसवेला उनी साँडे १ महिना अस्पतालमा भर्ना भएर बसेकि थिइन् । डेढ महिना अस्पतालमा बस्दा तीन लाख भन्दा बढी खर्च भएको आमा ढकमायाले जानकारी दिइन् । दाजुभाइ , माइती , छिमेकी सबैले सहयोग गरेको र कानको गहना समेत फुकालेर छाेरिकाे उपचार गरेको उनले बताइन् । समयमै उपचार गर्न पैसा नभएकोले ढिला हुँदा एपेन्डिक्स फुटेर आन्द्रा काटेर फाल्न परेको भन्दै उनले दाेस्राे अप्रेसनलाई फेरि पैसाको अभाव भएको र घाउ पनि नआोभाएकाेले डाक्टरले घरमा पठाएको उनलेे बताइन् । सलिनालाइ उपचारको लागि दुईपटक पाेखरा जान म्याग्दे गाउँपालिकाले एम्बुलेन्स निशुल्क उपलब्ध गराएको थियो ।


सहयोगीहरू बाट पैसा संकलन हुनथालेपछि ढकमाया खुसि छन् । अब छाेरिकाे उपचार गर्न पैसा जम्मा भएको भन्दै उनलेे सबै सहयोगीहरू लाई धन्यवाद दिएकि छन् । छाेरिलाई थप समस्या भएर सनिवार पाेखरा लगेको भए पनि कमजोर स्वास्थ्य अवस्थाका कारण यही अवस्थामा अप्रेसन हुन नसक्ने बताएपछि आइतबार उनले छाेरिलाइ घरमा फिर्ता ल्याएकि छन् । उनको यसपटकको पाेखरा जाँदा ८ हजार खर्च भएको छ ।
आमा ढकमायाका अनुसार अब आउने आइतबार गण्डकी अस्पतालमा लैजाने र त्यहिवेलामा डाक्टरले अप्रेसनकाे मिति ताेक्ने छन् ।बिरामी सलिनाकाे घरमा आमा , एक भाइ र बैनि रहेका छन् भने बुवा डिलबहादुर गुरूङ १२ वर्षदेखि मलेसियाबाट सम्पर्क बिहिन छन् । व्यास नगरपालिका-५ ठुलोटार स्थित उदय माबिमा कक्षा १० मा अध्यनरत १६ वर्षीय सलिनाको एपेन्डिक्स भएर थलिएपछि स्कुल जान छाडेकी थिइन् ।
























