म्याग्दे गाउँपालिकाकाे पेजमा एमालेकाे झण्डा !
तनहुँकाे म्याग्दे गाउँपालिकाकाे पेजमा नेकपा एमालेकाे झण्डा अंकित लाेगाे राखेकाे पाइएको छ ।गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ चिन भ्रमणमा जाँदै गर्दा गाउँपालिकाकाे पेजबाट शुभयात्रा दिने क्रममा पार्टीको सुर्य चुनाव चिन्ह भित्रकाे हँसियाहथौडा समेतको दुरुपयोग गरेको देखिएकाे छ । दुई देशको झण्डा राख्न स्वभाविक हुनेमा पार्टीको लाेगाे कसले किन र कसको दबाबमा राखियो ? चासोको बिषय बनेको छ ।

यस सम्बन्धमा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे सँग सम्पर्क गर्दा पालिकाकाे पेजबाट कसकाे स्वार्थमा त्यो राखियो बुझ्ने बताए । मैले हेरिसकेकाे छैन तर सुनेको छु भन्दै उनले त्यसवारेमा थप पालिकामै गएर बुझेर भन्ने बताए । नेकपा एमाले र चीन सरकार बीचकाे समन्वयमा आयाेजित १२ दिने चीन भ्रमणमा अध्यक्ष श्रेष्ठ त्यसतर्फ गएका छन् ।































