क्याम्पस भित्र शुक्लागण्डकी महाेत्सव:
शुक्लागण्डकी नगर उद्योग बाणिज्य संघको आयोजनामा शुक्लागण्डकी ५, बेलचौतरा स्थित भानुभक्त क्याम्पस प्रांगणमा तेस्रो शुक्लागण्डकी महोत्सब सुक्रवार देखि शुरु भएको छ | क्याम्पस हाताभित्र सञ्चालन भएको महाेत्सवका कारण क्याम्पस पढ्ने बिद्यार्थी त प्रभावित भएका छन् नैं साथै आडैमा रहेका प्रहरी बाेडिङ र जनकल्याण माविका सयौं बिद्यार्थी समेत प्रभावित भएका छन् ।

महाेत्सवकाे काेलाहलले बिद्यार्थीहरू लाई पढाइमा प्रत्यक्ष असर पुगेको देखिन्छ । त्यसमा पनि नजिकिँदै गरेको एसइइ परिक्षा तयारीका बिद्यार्थीमा झनै यसले चिन्ता बढाएको छ । स्थानीय एक शिक्षक भन्छन् बिद्यालय भएको ठाउँमा यसरी महाेत्सव लगाउन सम्बन्धित निकायले स्वीकृत नै नदिनपर्ने हाे , तर विडम्बना यहाँ कसैलाई त्यसवारेमा चिन्ता छैन । ती शिक्षककाे भनाइ अनुसार विद्यालय शिक्षाको सुधारमा अहिले सबै पक्ष लाग्नुपर्ने बेलामा ति निकायहरुको उदासिनता देखिन्छ।

नेपालको संविधानमा मौलिक हकको ग्यारेन्टी गर्ने कार्यहरू अन्तर्गत शिक्षासम्बन्धी हकलाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरेको अवस्था छ । शिक्षाको हकको अतिरिक्त शिक्षामा नागरिकको पहुँचलाई समेत मौलिक हकका रूपमा संविधानले आधारभूत परिभाषित गरेको अवस्था छ । तर महाेत्सवले तिनवटा बिद्यालयका बिद्यार्थी प्रभावित बनाएको छ । यस सम्बन्धमा भानुभक्त क्याम्पस प्रमुख रमेश अधिकारी सँग सम्पर्क गर्दा बिहान १० बजेसम्म पढाइ हुने र दिउँसोको समयमा क्याम्पसमा डिस्टर्व नगर्ने सर्तमा महाेत्सव गर्ने ठाउँ उपलब्ध गराइएको बताए । महाेत्सवका संयाेजक बिमल रिमालले क्याम्पसकाे पठनपाठन लाई असर नपर्ने गरी ठाउँ उपलब्ध गराउन भनेकाले ठाउँ उपलब्ध गराएको अधिकारीले बताए ।
शैक्षिक क्षेत्र भित्र महाेत्सव लगाउन पाउने हाे ? भन्ने बिषयमा यता शिक्षा समन्वय इकाई प्रमुख उद्धवराज जमरकट्टेल सँग सम्पर्क गर्दा यश बारेमा आफुलाइ केही थाहा नभएको प्रतिक्रिया दिए । शिक्षक , बिद्यार्थी तथा शैक्षिक क्षेत्रका मानिसहरूकाे यस बिषयमा गुनासो आएकाे सम्बन्धमा महाेत्सव मुल समारोह समितिका संयाेजक विमल रिमाल सँग सम्पर्क गर्दा त्यस्तो गुनासो आफुले नसुनेकाे बताए । हामीले क्याम्पस कम्पाउण्ड भित्र भए पनि अलग्गै पाटाेमा कार्यक्रम स्थल बनाएका छाैँ , क्याम्पसमा पढाइ बिहानमा र हाम्रो कार्यक्रम दिउँसोको समयमा हुन्छ रिमालले भने । त्यसमा पनि स्टेज उता फर्काएका छाैँ आयाेजकले भनेको छ ।
तर आयाेजकले डिस्टर्व नगरी गरेको भनेपनि पढाइकै समयमा खेलकुद लगायतका प्रतियोगिता त्यहाँ राखिएको छ । त्यस्तै महाेत्सव भैसकेपछि त्यहाँको वातावरण नैं काेलाहल मय बन्ने निश्चित छ । यता सराेकारवालाले भने शैक्षिक क्षेत्र जस्तो यस्तो संवेदनशील क्षेत्रमा महाेत्सव आयाेजना गर्नु र आयाेजना गर्न स्वीकृत दिनु लाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् । शुक्लागण्डकि नगरपालिका श्राेतले पनि पढाइमा असर नपुगेको दावी गरेको छ ।
























