पराशर कलेज दमौलीकाे अध्यक्षमा पुनः सुर्यचन्द्र हड्खले:

पराशर कलेज दमाैलीकाे ७ औं अधिवेशन सनिवार दमाैलीमा सम्पन्न भएको छ । अधिवेशनबाट पराशर कलेज सञ्चालक समितिकाे अध्यक्षमा पुनः सुर्यचन्द्र हड्खले निर्विरोध चयन भएका छन् । यस्तै समितिकाे सदस्यहरूमा कुमार थापा , बैकुण्ठ मिश्र , अकुर पिया , सुरेश घिमिरे , हर्कमान श्रेष्ठ , कृष्णकान्त काफ्ले र डिल्लीराम सुनार चयन भएका छन् । त्यसअघि कार्यक्रमकाे प्रमुख अतिथि जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्ति रमण वाग्लेले उद्घाटन गरेका थिए ।

कार्यक्रममा कलेजका पुर्व अध्यक्ष गाेपाल भण्डारी , सुरज सुब्बा , रामचन्द्र पाैडेल , नारायण ढकाल लगायतले बाेलेका थिए । यस्तै कार्यक्रममा कलेज प्रमुख अमृत भण्डारीले बार्षिक आयव्यय विवरण प्रस्तुत गरेका थिए भने दिपक राज जाेशीले शैक्षिक बहस प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमकाे सहायक क्याम्पस प्रमुख मीनबहादुर कार्कीले सञ्चालन गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page