एसईईमा हाेरालाे माविका छात्रा रञ्जिलाकाे ४ जिपिए , तनहुँमा ४२ प्रतिशत उत्तीर्ण
तनहुँकाे भानु नगरपालिका वडा नं २स्थित हाेमराज लाेहनी सारदा शिक्षा सदनकि एक विद्यार्थीले ४ जिपिए ल्याएकी छन् । आज (बिहिबार) प्रकाशित एसईईको परीक्षाफलमा हाेरालाेकि बिद्यार्थी रञ्जिला क्षेत्रीले ४ जिपिए ल्याएकी बिद्यालयका प्रअ गाेविन्द भट्टराईले बताए ।

शिक्षा बिकास तथा समन्वय इकाई तनहुँका प्रमुख उद्धव राज जमरकट्टेलका अनुसार अहिलेसम्म ४ जिपिए हाेरालाे माविका छात्राको आएकाे जानकारी प्राप्त भएको बताए । यस्तै यस वर्षको एसईई परीक्षामा तनहुँका ४२ प्रतिशत बिद्यार्थी कक्षा ११ मा पढ्न पाउने भएका समेत उनलेे जानकारी दिए ।

प्रमुख जमरकट्टेलका अनुसार –
जम्मा परीक्षार्थी 5364
साधारण 5231
प्राविधिक 133
साधारण 11 पढ्न पाउने 2178
प्राविधिक 11 पढ्न पाउने 54
जम्मा 41.61% अपग्रेड
4 जिपिए ल्याउने 1 जना (होरालो शाशिसकि रञ्जिला क्षेत्री)
3.6 – 4 जिपिए 236 जना
3.2 – 3.6 जिपिए 707 जना
2.8 – 3.2 जिपिए 888 जना
2.4 – 2.8 जिपिए 382 जना
2.0 – 2.4 जिपिए 18 जना
1.6 – 2.0 जिपिए 1 जना
जम्मा अपग्रेडेड 2232
केही प्राविधिक त्रुटि सचिएपछि तनहुँको नतिजा 42% मानिने देखियो ।






























