म्याग्देका महिलालाइ मादल बजाउने तालिम

म्याग्देका महिलालाइ मादल बजाउने तालिम


तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं ४ काे आयाेजनामा असार १३ गतेदेखि २३ गतेसम्म मादल बजाउने तालिमकाे सुरुवात गरिएको छ । तालिममा टाेल तथा आमा समुहका गरि २५ जनाको सहभागीता रहेको छ ।


कार्यक्रमकाे उद्घाटन गर्दै म्याग्दे ४ का अध्यक्ष दिपक कुमार श्रेष्ठले लक्षित वर्ग अन्तर्गत मादल बजाउने तालिम प्रदान गर्न लागिएको बताए । महिलाहरूलाइ आत्मनिर्भर बनाउन यस किसिमको तालिमले ठुलो टेवा पुग्ने श्रेष्ठकाे भनाइ थियो । तालिम उद्घाटन कार्यक्रममा म्याग्दे गाउँपालिका वडा नं ४ का सदस्यहरू बद्रीका भट्टराई , डाेलबहादुर सुनार , निवर्तमान वडा अध्यक्ष प्रेमबहादुर आले लगायतको उपस्थिति रहेको थियो । उक्त तालिममा प्रशिक्षकको रूपमा बिष्णु गन्दर्भ रहेका छन् । तालिम लिए पश्चात् महिलाहरूले कुनै पनि कार्यक्रममा पुरूषलाइ मादल बजाउन खाेज्न नपर्ने अपेक्षा गरिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page