आगलागी पीडितलाई सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा बीमा रकम हस्तान्तरण
व्यास नगरपालिका वडा नं ३ फलफूल लाइनमा जेठ ७ गते आगलागी भएर पसल जलेका एक व्यवसायीलाई सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड दमौली शाखाले बीमा बापतको रकम हस्तान्तरण गरेको छ ।

सुवेदी दूध डेरी पसलका सञ्चालक धनन्जय सुवेदीलाई कम्पनीले बीमा बापतको रकम रु ८ लाख हस्तान्तरण गरेको हो ।

आगलागीबाट सुवेदीको पसलका सबै सामान जलेर नष्ट भएको थियो । कम्पनीमा जोखिम बहनका लागि सुवेदीले बीमा गरेकाले उनलाई उक्त रकम हस्तान्तरण गरिएको दमाैली शाखा प्रमुख रोविन श्रेष्ठले जानकारी दिए ।






























