हिलोमा डाेरी तान्ने प्रतियोगितामा अनिल अधिकारी को समूह प्रथम

हिलोमा डाेरी तान्ने प्रतियोगितामा अनिल अधिकारी को समूह प्रथम


हिलोमा डाेरी तान्ने प्रतियोगितामा अनिल अधिकारी को समूह प्रथम भएको छ । कृषि ज्ञान केन्द्र तनहुँ र म्याग्दे गाउँपालिकाको सयुक्त आयोजनामा म्याग्दे गाउँपालिकाको वडा नं ३ स्थित कोइराला थोकमा भएको धान दिवस कार्यक्रममा भएको डाेरि तान्ने प्रतियोगितामा अधिकारीकाे समूह प्रथम भएको हाे ।

यस्तै प्रतियोगितामा दित्तिय सन्जिब श्रेष्ठको समूह भएको छ । यस्तै महिलातर्फ पुनम सारुकाे समूह प्रथम तथा मनकुमारी शाहीकाे समूह दाेस्राे भएका छन् । प्रतियोगितामा प्रथम र द्धितिय हुने टिमले क्रमश ५ हजार र दुई हजार रूपया पुरस्कार पाएका छन् । यस्तै साेहि अवसरमा भएको महिला दाैडतर्फ ग्रीष्मा मिजार प्रथम तथा पुरुषतर्फ पुर्ण बहादुर थापा प्रथम भएका छन् । उनिहरूले एक हजार रूपया पुरस्कार प्राप्त गरेका छन् ।
जलवायु मैत्री कृषि, धान उत्पादनमा बृद्धि ” भन्ने मूल नाराका साथ २१ औं राष्ट्रिय धान दिवस देशभर मनाउने क्रममा तनहुँकाे म्याग्देमा पनि बिबिध कार्यक्रम गरि मनाइएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page