जिल्ला लिग फुटबल – फाइनलमा आज हैरान्स र अकला भिड्ने
जिल्ला फुटबल संघ तनहुँद्वारा आयोजित जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा आज हैरान्स क्लव दमाैली र अकला युवा क्लव भिड्ने भएका छन् । आइतबार भएको सेमिफाइनल खेलमा
अल स्टार युवा क्लब लाइ अकला युवा क्लबले २-१ ले तथा अर्को खेलमा हैरान्स क्लब दमौलीले. खैरेनी युवा क्लब खैरेनीटारलाई ३-१ ले पराजित गरि उनिहरू फाइनल प्रवेश गरेका हुन् ।
अंकको आधारमा ति क्लब सेमिफाइनलमा प्रवेश गरेका थिए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख र द्वितीय हुने टिमलाई ५० हजार नगदका साथै मेडल, ट्रफी, र प्रमाणपत्र उपलब्ध गराइने खेल संयाेजक कुमार श्रेष्ठले बताए ।

जिल्ला लिगबाट विजयी हुने क्लबले गण्डकी प्रदेश फुटबल लिगमा सहभागी हुने अवसर पाउने छन् । यस्तै गण्डकी प्रदेश फुटबल संघमा बिजेता क्लवले अखिल नेपाल फुटबल संघले आयाेजना गर्ने एन्फा प्रेसिडेन्ट लिगमा सहभागीता जनाउने छन् ।
प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडिलाइ ५ हजार , सर्वाधिक गाेलकर्ता , उत्कृष्ट गाेलरक्षक , उत्कृष्ट डिफेन्डर , उत्कृष्ट मिडफिल्डरलाइ जनही ३/३ हजार र ट्रफी प्रदान गरिने छ ।१० वटा क्लवकाे सहभागीता रहेको लिग फुटबल निर्मल स्कुलको खेलमैदानमा भइरहेको छ ।






























