अनलाइन जुवा खेलाउने भानुका श्रेष्ठ पक्राउ

अनलाइन जुवा खेलाउने भानुका श्रेष्ठ पक्राउ

तनहुँमा अनलाइन जुवा खेलाउने एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भानु नरपालिका–३ खहरे बस्ने अमृतकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

श्रेष्ठले अनलाइन बेटिङ खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भानुबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक दीपककुमार रायले जानकारी दिए।

प्रहरीले निजको भानु अनलाइन पसलबाट अनलाइन बेटिङमा प्रयोग गरेको ट्याब एक थान, मोवाइल लगायतका सामग्री बरामद गरेको छ । निजविरुद्ध जिल्ला प्रशासन कार्यालय तनहुँबाट जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page