जिल्ला लिग फुटबलकाे उपाधि हैरान्स दमाैलीलाइ

जिल्ला फुटबल संघ तनहुँद्वारा आयोजित जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि हैरान्स क्लव दमाैलीले जितेको छ । साेमबार दिउँसो भएको फाइनल खेलमा अकला युवा क्लब बरादि लाई २-० ले पराजित गर्दै हैरान्सले उपाधि जितेको हाे । उपाधि जितेको हैरान्सले १ लाख रूपया नगद तथा ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने पराजित अकलाले ५० हजार नगदका साथै मेडल, ट्रफी, र प्रमाणपत्रमा चित्त बुझाउन परेको छ ।

जिल्ला लिगबाट विजयी भए सँगै हैरान्स क्लबले गण्डकी प्रदेश फुटबल लिगमा सहभागी हुने अवसर पाएकाे छ । यस्तै हैरान्सले अब गण्डकी प्रदेश फुटबल संघमा समेत बिजय हुन सके अखिल नेपाल फुटबल संघले आयाेजना गर्ने एन्फा प्रेसिडेन्ट लिगमा सहभागीता जनाउने अवसर पाउनेछ ।



प्रतियोगितामा हैरान्सका अजित थापा म्यानअफद म्याच , डिफेन्समा रेशम राई ,बेस्ट किपर याेन्जन श्रेष्ठ , अकलाका प्रविन सार्की बेस्ट मिडफिल्डरमा ,
सर्वाधिक गाेलकर्ता खैरेनीटार युवा क्लवका आस्मान थापा भएका छन् । यस्तै बेस्ट प्लेयरमा हैरान्सका दिपक थापा रहेका छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार तथा अन्य उत्कृष्ट गाेलरक्षक , उत्कृष्ट डिफेन्डर , उत्कृष्ट मिडफिल्डरलाइ जनही ३/३ हजार र ट्रफी प्रदान गरिएको छ ।
बिजेता टाेलिलाइ कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले पुरस्कार वितरण गरेका थिए । साे अवसरमा व्यास ३ का अध्यक्ष अनुप राना , गण्डकी प्रदेश फुटबल सँघका महासचिव बिनाेद गुरूङ , खेल संयाेजक कुमार श्रेष्ठ , भलिबल संघका अध्यक्ष पदम सुनार , निर्मल माविका प्रअ गणेश चन्द्र बस्नेत , उपाध्यक्ष हरि तिमिल्सिना , महासचिव नवीनकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।


तनहुँ जिल्ला फुटबल संघका अध्यक्ष सत्यभक्त पालिखेकाे अध्यक्षतामा भएको प्रतियोगितामा १० वटा क्लवकाे सहभागीता रहेको थियो ।


























