४५ जानाले गरे रक्दान
लायन्स क्लब अफ हेटौडा मुक्तिनाथ र उक्त क्लब अन्तर्गत रहेका चार वटा लियो क्लबको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। हरेक वर्ष कार्यकालको पहिलो दिन अर्थात जुलाई १ मा लामो समय देखि मुक्तिनाथ क्लबले संयुक्त रक्तदान कार्यक्रम आयोजना गर्ने गरेको छ।

कार्यक्रममा लायन्स क्लब अफ हेटौडा मुक्तिनाथका वर्ष २०२४/२५ का अध्यक्ष लियो-लायन अशोक सिंहको सभाध्यक्षता तथा लायन्स ईन्टरनेशनल डिष्ट्र्क्ट ३२५ एस नेपाल वर्ष २०२४/२५ का डिष्ट्रिक्ट एक्ज्युकेटिभ चिफ लायन विकेश लाल श्रेष्ठज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा लियो क्लब अफ हेटौडा मुक्तिनाथका अध्यक्ष लियो अस्मित घिमीरे, लियो क्लब अफ हेटौडा मुक्तिनाथ मल्टिभिजनका अध्यक्ष लियो प्रनिश श्रेष्ठ, लियो क्लब अफ हेटौडा मुक्तिनाथ प्यारेडाईजका अध्यक्ष लियो प्रतिक्षा ओझा, लियो क्लब अफ हेटौडा मुक्तिनाथ वरियरका अध्यक्ष लियो कृति विष्ट, लियो डिष्ट्रिक्ट काउन्सिल ३२५ एसका उपाध्यक्ष लियो सुसान्त खतिवडा, लियो डिष्ट्रिक्ट काउन्सिल ३२५ एसका पुर्व अध्यक्ष लियो-लायन राहुल जालान, लियो डिष्ट्र्क्टका पदाधिकारी लियो प्रतिक कोईराला, शिशिर श्रेष्ठ, शसांक महतो लगायतको उपस्थिति रहेको थियो। रक्त संचार हेटौडाले रक्तदान दिवसमा लायन्स क्लब अफ हेटौडा मुक्तिनाथ तथा लियो मुक्तिनाथ परिवारलाई सम्मान पनि गरेको थियो।































