लायन्स भानुभक्त द्वारा कुलज्याेतिका विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण
लायन्स क्लव अफ तनहुँ भानुभक्तले म्याग्दे १, वाख्रे स्थित श्री कुलज्योति प्रा.लिका विद्यार्थीलाई शैक्षिक समाग्री हस्तान्तरण गरेको छ । लायन्स क्लव अफ भानुभक्तको वर्ष २०२४।२५ को पदभार हस्तान्तरण कार्यक्रमको अवसर पारेर विद्यार्थीलाई शैक्षिक समाग्री हस्तान्तरण गरिएको हो ।

वर्ष २०२३।२०२४ का अध्यक्ष अर्जुन पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा वर्ष २०२४।२५ का अध्यक्ष लायन्स हर्षमान श्रेष्ठलाई पदभार हस्तान्तरण गरे ।पदभार ग्रहण गर्दे अध्यक्ष हर्षमान श्रेष्ठले क्लवले सामाजिक उत्तरदायित्व अन्तरगत विद्यार्थिहरुलाई शैक्षिक समाग्री वितरण गरिएको वताए । समाजका आर्थिक रुपमा विपन्न समुदायको विद्यार्थीलाई निजको पढाईमा केही सहयोग होस भन्ने हेतुले शैक्षिक समाग्री वितरण गरेका हौ, अध्यक्ष श्रेष्ठले भने । विद्यालयका प्रधानाध्यापक पदम कुमार श्रेष्ठले क्लवले विद्यालयको निम्न आयस्तर भएको विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरेर उत्कृष्ट काम गरेको वताए ।

लायन्स क्लव ईन्टरनेशनल ३२५ एलका एक्जकेटिभ चिफ लाययन सुरेन्द्र पौडेलको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष वलभद्र श्रेष्ठले स्वागत गरेका थिए । यस्तै लायन्स क्लवको उपाध्यक्षमा वलभद्र श्रेष्ठ, द्धित्तिय उपाध्यक्षमा देव रसाईली, तृतिय उपाध्यक्षमा महेन्द्र थापा, सचिवमा महेन्द्र गिरी र कोषाध्यक्षमा रन्जित शाह चयन भएका छन् ।






























