जीगेसा लन्डनको अध्यक्षमा पुनः हरिकुमार मल्ल चयन

जीगेसा लन्डनको अध्यक्षमा पुनः हरिकुमार मल्ल चयन


ग्रिनविच गोर्खा एक्स-सर्भिसमेन एसोसिएसन (जीगेसा ) लन्डनको अध्यक्षमा पुनः हरिकुमार मल्ल चयन भएका छन् ।
हालै सम्पन्न सातौँ अधिवेशनले मल्लको अध्यक्षतामा निर्विरोध रूपमा नयाँ कार्यसमिति चयन गरेको हो । यसअघि तीन कार्यकाल महासचिव भइसकेका मल्ल दोस्रो पटक अध्यक्ष चुनिएका हुन् ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा खुमबहादुर गुरुङ, उपाध्यक्ष हिराप्रसाद गुरुङ, ले चुत्र श्रेष्ठ, महिला उपाध्यक्ष विष्णु गुरुङ, रामकुमारी गुरुङ, महासचिव गमबहादुर गुरुङ, सचिव गम्मरबहादुर थापा, कोषाध्यक्ष लालबहादुर राना, सहकोषाध्यक्ष काजीमान गुरुङ र ले डम्मरबहादुर लिम्बू चयन भएका छन् ।

यस्तै समितिकाे सदस्यहरूमा चन्द्रकला गुरुङ, मनमाया गुरुङ, कृष्ण मल्ल, हर्कमाया लिम्बु, भगवती थापा, हर्कमाया राई, धुममाया राई, अभिमाया गुरुङ, टुकुमाया गुरुङ, तोलामाया दुरा, प्रेमबहादुर गुरुङ, तिलक राना, हेउ कुमारी गुरुङ, सिता थापा, देवकुमारी गुरुङ, कल्पना लिम्बू, दिलसिरी गुरुङ, हरिमाया गुरुङ र दिलमाया थापा चयन भएका छन् ।

यसैगरी वरिष्ठ सल्लाहकारमा पूर्वअध्यक्ष लिलादेवी गुरुङ, सल्लाहकार सदस्यहरूमा ओमप्रसाद गुरुङ, प्रेमजङ शाही, केशबहादुर गुरुङ, पदमबहादुर थापा, रेवतबहादुर थापा र हस्तबहादुर लिम्बू चयन भएका छन् । अधिवेशनका लागि केशबहादुर गुरुङको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

अध्यक्ष मल्लकाे अध्यक्षतामा भएको कार्यक्रममा महासचिव गमबहादुर गुरुङले कार्यक्रमकाे सञ्चालन गरेका थिए । नवनिर्वाचित अध्यक्ष मल्लले संस्थाका सदस्यका लागि हमेसा सक्रिय भएर काम गर्ने भन्दै हालसम्मको साथ र सहयोगका लागि धन्यवाद दिएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page