व्यास ५ मा पक्राउ १७ जना जुवाडेकाे ६ दिन म्याद थप ( नामावली सहित )
तनहुँकाे ब्यास नगरपालिका वडा नं ५ स्थित साँगेबाट पक्राउ परेका १७ जना जुवाडेलाइ ६ दिन म्याद थप गरिएको छ । साँगेका याम बहादुर कुमालको घरमा अबैध रुपमा जुवा तास खेली रहेको भन्ने गोप्य सुचनाको आधारमा जि.प्र.का तनहुँ बाट खटी गएकाे टाेलिले उनिहरूलाइ बुधबार पक्राउ गरेको थियो ।

कुमालको घर भित्रबाट तास खेली रहेकाे अवस्थामा १७ जना जुवाडेलाइ २१२ पत्ती तास र नगद रु,२५,९९५।-पच्चिस हजार नौ सय पन्चानब्बे सहित नियन्त्रणमा लिएर जि.प्र.का तनहुँमा राखीएको छ ।

पक्राउ पर्नेहरूमा – ब्यास न.पा.०५ पतेनी बस्ने बर्ष ४५ का सुरेश अधिकारी , बर्ष ३३ का सुर्य कुमाल , कनटार का बिज्ञान खनाल , ब्यास न.पा.२ डाङग्रे खोल्सी बस्ने बर्ष ३५ को बिष्णु कु.जोशी , ब्यास न.पा.५ बरबोट बस्ने बर्ष ३५ को मिन ब.थापा , काभ्रेभट्टी बस्ने बर्ष ४६ का राजेन्द्र सुनार , मंगल ब.सुनार र बिर ब.सुनार , ब्यास न.पा.५ ठुलोघुम्ती बस्ने बर्ष ४३ को याम ब कुमाल , बर्ष ४१ को शम्भु कुमाल , बर्ष ३७ को रबिन्द्र कुमाल , म्याग्दे गा.पा.०१ बस्ने बर्ष ५६ को राज कुमार गुरुङ.ब्यास न.पा.५ बस्ने बर्ष ३० को सन्त बहादुर दरै ,ऐ.ऐ.बस्ने बर्ष ६३ को राम बहादुर कुमाल ,ऐ.ऐ.बस्ने बर्ष ५० को पदम ब.मगर ,ऐ.ऐ.बस्ने बर्ष ७३ को ऋषिराम अधिकारी र ऐ.ऐ.बस्ने बर्ष ४५ को गौरी शंकर शाह रहेका छन् ।






























