तनहुँमा छयालीस सय शिक्षक आउँदा हाेटल भरिभराउ
तनहुँमा छयालीस सय एक्काइस जना शिक्षक आउँदा यहाँका हाेटलहरू भरिभराउ भएका छन् । यही असार २२ गते शनिवार प्राथमिक तह अन्तर्गतको शिक्षा सेवा आयाेगकाे परिक्षाकाे लागि उनिहरू तनहुँ आउँदा यहाँका हाेटलहरू भरिभराउ भएका हुन् ।

शिक्षा तथा समन्वय बिकास इकाई तनहुँका प्रमुख उद्धवराज कट्टेलका अनुसार व्यास नगर क्षेत्रमा ९ वटा बिद्यालयमा दुई सय ५९ जनाको दरले टाेटल २ हजार ३ सय ३१ जना , आँवुखैरेनिमा ४ वटा बिद्यालयमा २ सय ६० जनाको दरले एकहजार ४० जना र शुक्लागण्डकिमा ५ वटा बिद्यालयमा दुई सय ५० जनाको दरले एक हजार दुई सय पचास जना गरि टाेटल ४ हजार ६ सय २१ जना परिक्षार्थी तनहुँ आउने छन् । नवलपरासी , कास्की , मनाङ र लमजुङका गरि चारवटा जिल्लाका शिक्षकहरू परिक्षा दिन आउने उनलेे जानकारी दिए ।

परिक्षाकाे लागि नवलपरासी बाट आएका बिनाेद शर्माले बस्ने हाेटल नपाइने डरले आजै दमाैली आउँदा पनि हाेटल पाउन गार्हो भएको बताए । ६ वटा हाेटलमा साेध्दा बल्लबल्ल हाेटल पाएको उनले बताए ।


यता क्षेत्रीय हाेटल संघ दमाैली बजार इकाईका सचिव एवम् हाेटल राेयल प्यालेसका सञ्चालक सन्तोष दाहालले अहिले हाेटल भरिभराउ भएको बताए । अहिले हामीलाई हाेटल प्याक भएर खुसी बनाएको छ भन्दै उनले राम्रो वातावरणमा पाहुनालाई राखेर जिल्लाकाे इज्जत बढाउन व्यवसायी हरूलाइ अनुरोध गरे । उत्कृष्ट सेवा दिएर तनहुँमा राम्रो रहेछ भन्ने सन्देश प्रबाह गर्ने हामीलाई राम्रो अवसर आएकाे उनलेे बताए ।




























