म्याग्देकि अनिशा मृत्युु प्रकरण – श्रीमान र ससुरा ५० हजार धराैटिमा रिहा

म्याग्देकि अनिशा मृत्युु प्रकरण – श्रीमान र ससुरा ५० हजार धराैटिमा रिहा
Oplus_0


तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं ३ धयेरेका दुई बाउ छाेरा ५०/५० हजार धराैटिमा रिहा भएका छन् । बुहारीलाई कर्तव्य गरि मारेको भन्ने अभियाेग लागि थुनामा रहेका ससुरा हरिराज लामिछाने र श्रीमान दिपेश लामिछाने लाई उच्च अदालत पाेखराकाे २०८१/३/२० काे आदेसले जनही ५० हजार धराैटिमा छाेड्ने आदेश दिए सँगै उनिहरू रिहा भएका हुन् । तनहुँ जिल्ला अदालतबाट पुर्पक्षकाे लागि थुनामा पठाउने आदेश अनुसार उनिहरू जिल्ला कारागार तनहुँमा थिए ।


तनहुँ जिल्ला अदालतले अनिशाकाे सासु सारदा लामिछाने लाई ५० हजार धराैटिमा तथा श्रीमान र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । यद्यपि सासु सारदा लामिछानेकाे पनि मृत्युु भइसकेको छ । उनी पनि माइतीघरमा झुन्डिएको अवस्थामा भेटिएकि थिइन् । बुहारी अनिशा श्रेष्ठ गत बैशाख १५ गते आफ्नै घरमा मृत अवस्थामा भेटिएकि थिइन् । उनको मृत्यु सम्बन्धमा घटना रहस्यमय भएको भन्दै माइती पक्षले जाहेरी दिएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page