दमाैलीमा खाद्यकाे अनुगमन – सडेका फलफूल र म्याद नाघेका खाद्यान्न नस्ट

दमाैलीमा खाद्यकाे अनुगमन – सडेका फलफूल र म्याद नाघेका खाद्यान्न नस्ट


खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयकाे नेतृत्वमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयकाे संयुक्त अनुगमन टाेलीले दमाैलीका विभिन्न पसलमा अनुगमन गरेको छ ।

अनुगमन टाेलीले दमाैली स्थित व्यास नगरपालिकामा सञ्चालित फलफूल गाेदाम , खाद्य पसल र बेकरी उद्योगमा अनुगमन गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख ज्याेति आचार्यले बताए । अनुगमनको क्रममा सडेगलेका फलफूल तथा म्याद नाघेका तेल , घ्यू , मसला लगायत खान अयोग्य सामाग्री गरि अन्दाजी २३ हजार बराबरको सामाग्री नस्ट गरेको आचार्यले जानकारी दिए ।

अनुगमनका क्रममा फलफूल पकाउन प्रतिबन्धित calcium carbide तथा अन्य रसायन भने प्रयोग गरेको नपाइएको उनलेे जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page