थर्पुकी नाबालिकालाई बलात्कार गरेको आराेपमा पाेखरामा दुई जना पक्राउ

थर्पुकी नाबालिकालाई बलात्कार गरेको आराेपमा पाेखरामा दुई जना पक्राउ
Oplus_0

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं ४ थर्पुकी नाबालिकालाई ललाई फकाई पोखरा पु¥याई बलात्कार गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा जिल्ला क्षिरेश्वरनाथ गाउँपालिका–१० गोपालपुर स्थायी घर भइ हाल पोखरा मनपा–११ रानीपौवा बस्दै आएका २९ बर्षिय अरुण कुमार दास र भारत काे सितामणी जिल्ला डुमरा थाना सुरसड पक्ष्मी ९ सुरसड गाउँ घर भइ हाल पोखरा मनपा–११ रानीपौवा बस्दै आएका १९ बर्षिय सुनिल दास भन्ने सुनिल कुमार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

गत असार १७ गते बिहान अन्दाजी ११ बजे म्याग्दे गाउँपालिका–४ थर्पुकी बालिकालाई ललाई फकाई छलकपट गरी झुक्यानमा पारी, डरत्रास देखाई ग ८प ४२८० नम्बरको मोटरसाईकलको बिचमा राखी उम्कन नदिई पोखरा रानीपौवामा रहेको उनीहरुको डेरामा लगि बन्धक बनाई असार १८ गते बिहान ९.३० बजेको समयमा पालैपालो तथा सामुहिक रुपमा जबर्जस्ती बलात्कार गरेको प्रहरीको आरोप छ ।

बालिकालाई बलात्कार गरि सोही दिन दिउँसो ३ः३० बजे पोखराबाट तनहुँ फर्किने क्रममा पोखरा मनपा–३० पावरहाउस स्थित पृथ्वीराजमार्ग सडकखण्डमा चेकीङ गर्ने क्रममा आरोपितहरूले प्रहरीलाई देखेपछी भाग्न खोज्दा उनीहरुलाई पक्राउ गरि कास्की जिल्ला अदालतमा पेश गरि अदालतबाट अपहरण वा शरिर बन्धक तथा जबर्जस्ती करणी सम्बन्धी मुद्धामा म्यादथप गरि अनुसन्धान प्रक्रिया अघि बढाईएको कास्की प्रहरीले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page