उज्यालो घर (बालगृह) का लागि कल्पना गाैलीकाे खाद्यान्न सहयोग

उज्यालो घर (बालगृह) का लागि व्यास ५ स्थित रहेको माँ अम्वे अलौकिक कृषी फर्मको तर्फवाट कल्पना गौलीले खाद्यान्न सहयोग गरेकी छन् । उज्यालो घरका बाबुनानीहरुको उज्जवल भबिष्यको कामना गर्दै गाैलीले ९ हजार बराबरको खाद्यान्न तरकारी तथा फलफूल सहयोग गरेकि हुन् । उज्यालो घर (बालगृह) का लागि गाैलीले बालबालिकालाई खाना तथा आफ्नै कृषि फर्ममा फलेको ड्रयागन खुवाएर बालबालिका सँग माया साटासाट गरेकि थिइन् । सँगै खाना खान पाउँदा बालबालिकाहरू निकै खुसी भएका थिए ।
एकजना भाइले सञ्चालन गरेको उज्यालो घर अभियान सँग केही सहयोग गरी जाेडिन तथा बाबुनानीहरू सँग घुलमिल हुन पाउँदा खुसी लागेको गाैलीले बताइन् । उनलेे ससाना बाबुनानी हरूकाे उज्ज्वल भविस्यकाे कामना गर्दै आवस्यकता अनुसार फेरि फेरि पनि सहयोग लिएर आउने प्रतिवद्धता व्यक्त गरिन् । सहाराबिहीन बालबालिकाकाे सहारा बनेर ७ जनाकाे अभिभावक बन्नु सामान्य विषय नभएको भन्दै उनले सत्कर्ममा लाग्नेहरूलाइ भगवानले समेत हेर्ने बताइन् ।


उज्यालो घरलाइ आवश्यक पर्ने सामाग्रिहरु सहयोग प्रदान गर्नुभएकोमा उज्यालो घरका सञ्चालक सागर घिमिरेले धन्यवाद दिएका छन् । घिमिरेले उज्यालो घरका वावुनानी हरुलाइ व्यास १० स्थित रहेको गौ संरक्षण केन्द्रमा लगेर कार्यक्रममा सहभागि गराउने देखि खाना पकाएर खुवाउने सम्मको जुन सहयोग गर्नुभएको छ, त्यसको लागि मुक्त कण्ठले प्रशंसा गर्दछु भनेका छन् |

साे अवसरमा जिल्ला आयुर्वेद अस्पताल दमाैलीका डाक्टर किरण चन्द्र पाैडेलले बालबालिकाकाे निशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथै आवस्यकिय आौसधी निसुल्क वितरण गरेका थिए । उक्त अवसरमा बरिस्ठ कवीराज शम्भु चापागाईंँ लगायत अन्य पत्रकारको उपस्थिति रहेको थियो ।






























