मुग्लिङ्ग – पाेखरा सडक बिस्तार आयाेजनाकाे लापरबाहीले किसान मर्कामा
मुग्लिङ्ग–पोखरा सडक विस्तार आयोजनाकाे लापरबाहीले किसानहरू मर्कामा परेका छन् । आयाेजनाले अनावश्यक रूपमा म्याग्दे १ गुणादी खाेलामा माटो थुपारिदिँदा खाेला बढ्दा खेतमा पसेपछि किसानहरू मर्कामा परेका हुन् ।

खाेला खाेलाकै ठाउँमा बग्दै आएकाेमा आयाेजनाले खाेला पुर्नेगरि माटो थुपारिदिँदा खाेलाे बढेर खेतमा पसेको स्थानीय केदार वाग्लेले बताए । पटकपटक माटो हटाउन आग्रह गर्दापनि आयाेजनाका मानिसले हुन्छ मात्रै भन्ने तर काम नगर्ने गर्दा खेतमा बाढी पसेको उनले बताए । आयाेजनाले माटो थुपार्दा राजमार्ग बाट पारिपट्टि रहेको बस्तीका मानिसहरू पुल तरेर जाने बाटो समेत बिगारेको छ । पुल भन्दा बाहिर बाट पानी जान थालेपछि पुल एकातिर र खाेलाे अर्कोतिर हुन थालेको स्थानीयले बताएका छन् । तत्कालै यहाँ थुपारिएकाे माटो नहटाएमा किसानले अझै नाेक्सानि बेहोर्नु पर्ने उनिहरूकाे चिन्ता छ ।































