पहिरोमा परेका परिवारलाई रेडक्रसकाे राहत सामाग्री !

तनहुँको शुक्ला गण्डकी नगरपालिका वडा नं ७ काउरेमा असार २२ गते अविरल वर्षाका कारण गएको पहिरोमा परी मृत्यु भएका परिवारलाई सोमबार राहत सामाग्रीहरु वितरण गरिएको छ।

पहिरोमा परि ज्यान गुमाएका हिरा नेपाली ,श्यामबहादुर भण्डारी र अनिषा बास्तोलाको परिवारलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुँकाे समन्वयमा जिल्ला शाखा तनहुँ तथा सूर्य नेपाल प्रा लीको सहयोगमा गैरखाद्य तथा खाद्य सामग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका महासचिव रामदत्त पौडेलले बताए ।



सहयोग कार्यक्रममा बोल्दै शुक्ला गण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले प्राकृतिक प्रकोप कतिबेला आउँछ थाहा नहुने चर्चा गर्दै सचेत रहन सबैलाई अनुरोध गरे । नगरप्रमुख पण्डितले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरे ।
नेपाल रेडकस सोसाइटी दुलेगौंडा उपशाखाका सभापति श्यामबहादुर केसीकाे सभापतित्वमा भएको कार्यक्रममा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, शुक्ला गण्डकी नगरपालिकाका उपप्रमुख खिमबहादुर बिक, सशस्त्र प्रहरी गण भानुका प्रमुख कृष्णराज न्यौपाने, जिल्ला शाखाका मन्त्री सुर्यचन्द्र हड्खले, सूर्य नेपाल प्राली शुक्ला गण्डकीका प्रमुख बाबुराम पौडेल,निवर्तमान जिल्ला रेडक्रस सभापति कृष्ण हरि वाग्ले, जिल्ला समन्वयका सदस्य डोल बहादुर सुनार, वडा अध्यक्ष खड्ग सिंह थापा लगायतकाे सहभागीता रहेको थियो ।


यस्तै सो अवसरमा जिल्ला शाखा तनहुँका उप कोषाध्यक्ष हरि सिग्देल, सदस्य केशमाया गुरुङ ,शाखा विकास अधिकृत ईमनाथ भट्ट, समाजसेवी तथा वडा तथा टोल विकास संस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। रेडक्रस जिल्ला शाखा तनहुँले गैरखाद्य सामग्रीले लगायत केही खाद्य सामग्री एवं सूर्य नेपाल प्रालीले गैरखाद्य तथा खाद्य सामग्री मृतकका परिवार तथा विस्थापित परिवारहरूलाई वितरण गरिएको थियो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी गौतमले नेपाल सरकारको तर्फबाट उपलब्ध गराउने राहतको प्याकेज तथा प्रमुख अतिथि पण्डितले नगरपालिकाले उपलब्ध गराउने प्याकेजको बारेमा समेत जानकारी गराएका थिए । सो कार्यक्रम समाजसेवी युवा सन्तोष घिमिरेले सञ्चालन गरेका थिए ।
पहिरोमा परेका हिरा नेपालीको परिवारलाई उद्धार गर्न जाँदा श्यामबहादुर भण्डारी र अनिषा बास्तोलाको पहिरोले पुरिएर ज्यान गएको थियो।


























