केन्द्रीय सदस्य रानालाइ लाेकतन्त्रवादी आदिवासी जनजाति महासंघको सम्मान

नेपाल लाेकतन्त्रवादी आदिवासी जनजाति महासंघकाे केन्द्रीय सदस्य बन्न सफल भएकोमा माया राना लाई बधाई तथा सम्मान गरिएको छ । मंगलबार पार्टी कार्यालयमा आयाेजित बधाई एवम् सम्मान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तनहुँ निर्वाचन क्षेत्र नं २ ख का सभापति जितराज रानाले माया राना केन्द्रीय सदस्यमा निर्वाचित भएकोमा तनहुँकाे नाम बढेको भन्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा काङ्ग्रेस महासमिति सदस्य एवम् गण्डकी प्रदेश सदस्य मायादेवी रानाले जिल्लाबाट केन्द्रीय सदस्य निर्वाचित गराउन सफल भएकाेमा खुसी लागेको भन्दै गर्व गर्ने किसिमको कार्यकाल रहाेस भनी शुभकामना व्यक्त गरेकी थिइन् ।



नेपाल लाेकतन्त्रवादी आदिवासी जनजाति महासंघ तनहुँका अध्यक्ष गिरबहादुर थापाको अध्यक्षतामा भएको बधाई एवम् सम्मान कार्यक्रममा ने लाे आ ज म गण्डकी प्रदेश उपाध्यक्ष चिजा श्रेष्ठ , बन्दिपुर अध्यक्ष श्यामलाल श्रेष्ठ , नेपाली काङ्ग्रेस शुक्लागण्डकी ७ का उपसभापति श्रीराम राना , बम बहादुर मस्राङ्गि ,केशकुमारी राना केशु , बिरबहादुर दरै लगायतको उपस्थिति रहेको थियो ।
नेपाली काङ्ग्रेस जिल्ला सदस्य एवम् राष्ट्रिय मगर संघकी अध्यक्ष रहेकी माया राना असार ११ १२ र १३ गते भएको अधिवेशन बाट केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् । उक्त अधिवेशनबाट केन्द्रीय अध्यक्षमा आम बहादुर घर्ती मगर अध्यक्ष बनेका थिए ।




























