इनरव्हील क्लबकाे दसौं पदस्थापना कार्यक्रम सम्पन्न

इनरव्हील क्लबकाे दसौं पदस्थापना कार्यक्रम दमाैलीमा सम्पन्न भएको छ । कार्यक्रममा २०२३/०२४ की अध्यक्ष प्रमिला श्रेष्ठले २०२४÷२५ की अध्यक्ष नारायणी मल्ललाई पदस्थापन गराएकी थिइन् । यस्तै कार्यक्रममा उपाध्यक्ष सृजना घिमिरे, सचिव सविता श्रेष्ठ, कोषाध्यक्ष सरू श्रेष्ठ, आई एस ओ अन्जु श्रेष्ठ, सम्पादक गोमा श्रेष्ठ र सदस्यहरू सुनिता श्रेष्ठ, सन्जु जि सी, कल्पना अधिकारी र सृजना वि क ले पदभार सम्हालेका थिए ।


पदस्थापन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि इनरह्विल क्लब अफ डिष्ट्रिक्ट ३५० नेपाल २०२४÷२५ डिष्ट्रिक्ट चियरमेन आशा श्रेष्ठले इनरह्विल क्लब अफ दमौलीले समाजमा निस्वार्थ भावनाले मानवीय सेवामा समर्पित हुँदै अगाडी बढेको बताइन् ।


कार्यक्रममा बोल्दै व्यास नगरपालिका वडा नं २ का अध्यक्ष काशीराम श्रेष्ठले इनरह्विल क्लब अफ दमौली तनहुँको गहनाको रूपमा छाेटाे समयमै स्थापना भएको बताए। श्रेष्ठले क्लवको लागि आगामी दिनमा आफ्नो वडाबाट साथ र सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गरे । कार्यक्रममा क्लवका पुर्व अध्यक्ष एवं बोड मेम्बर निर्मला मल्लले महिलाहरुको संस्था भएकाले महिलाहरुलाई समाजमा अग्रसर बनाउन सबैले पहल गर्नुपर्नेमा जोड दिइन् । महिलाहरूले चुल्हो र चाैका बाट माथि उठेर सेवाको भावनाले सामाजिक क्षेत्रमा केही गराैँ भन्ने साेचका साथ क्लवकाे अवधारणा ल्याएको मल्लले बताइन् ।

कार्यक्रममा दमौली खानेपानी संस्थााका अध्यक्ष बुद्धिमान श्रेष्ठ, रोटरी क्लव अफ दमौलीका अध्यक्ष जीवन कुमार श्रेष्ठ , पुर्व अध्यक्ष अरूणा श्रेष्ठ , सरू श्रेष्ठ , शर्मिला श्रेष्ठ लगायतले क्लबकाे सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सोहि कार्यक्रममा क्लवले म्याग्दे १ कि एपेन्डिक्स बिरामी सलिना गुरूङको उपचारको लागि पाँच हजार एक सय पाँच रुपयाँ सहयोग गरेको छ । कार्यक्रममा लायन्स क्लब तनहुँ सत्यवती, रोटरी क्लब अफ दमौली, रोट्रयाक्ट बेद ब्यास, लाईन्स क्लब अफ तनहुँ ब्यास सिटि, जेसिस व्यास नगर, रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष एवं अन्य संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । यस क्लवले स्वास्थ, शिक्षा, वातावरण , असहाय परिवारलाई आर्थिक सहयोग लगायत अन्य समाजिक कार्यमा सहयोग गर्दै आएको छ ।

वर्ष २०२४ / ०२५ की अध्यक्ष नारायणी मल्लकाे अध्यक्षतामा भएको कार्यक्रममा काेशाध्यक्ष सविता श्रेष्ठले काेशाध्यक्षकाे प्रतिवेदन तथा प्रमिला श्रेष्ठले स्वागत र सृजना घिमिरेले सञ्चालन गरेकी थिइन् ।
































