भानु नगरपालिकाले कृषकलाई दुधमा प्रतिलिटर ३ रुपैया अनुदान दिने

भानु नगरपालिकाले कृषकलाई दुधमा प्रतिलिटर ३ रुपैया अनुदान दिने

   तनहुँको भानु नगरपालिकाले कृषकलाइ दुधमा प्रतिलिटर ३ रुपैया अनुदान दिएको छ । आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेट मार्फत दुधमा आत्मनिर्भर बनाउन दुग्ध प्रवर्द्दन कार्यक्रम अन्तरगत नगरपालिकाले उत्पादनमा आधारित अनुदान उपलब्ध गराएकाे हाे । 
    भानु नगरपालिकाले प्रगती दुग्ध उत्पादक सहकारी संस्था भानु-८ बगाले  र कालिका दुग्ध उत्पादक सहकारी सं.लि . भानु- ९ अर्चलधारा विच सम्झौता भएर अनुदान उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताए ।
  स्थानीय प्रगती दुग्ध उत्पादक सहकारी संस्था र कालिका दुग्ध उत्पादक सहकारीले उपलब्ध गराएको  विवरणको आधारमा नगरपालिकाले प्रति लिटर दुधमा ३ रुपैया उपलब्ध गराएको पाैडेलले जानकारी दिए । दुई सहकारीमा आवद्ध रहेर दूध बिक्री गर्ने किसानहरुका लागि ४ लाख २० हजार रुपैंया उपलब्ध गराईएकाे हाे।

 नगर प्रमुख आनन्दराज त्रिपाठीले भानु नगरपालिकालाइ दुधमा आत्मानिर्भर बनाउन र उत्पादनका आधारमा कृषकलाइ अनुदान दिँदा कृषक पनि उत्साहित हुने र युवा पुस्तामा कृषि फर्महरु सञ्चालन गर्न प्राेत्साहन हुने वताए ।  नगर प्रमुख त्रिपाठीले भानु नगरपालिकाबाट आगामी आर्थिक वर्षमा गाई पालन गर्ने कृषकलाइ अधिकतम ५० हजार रुपैया सम्म सहयोग अनुदान दिने पनि जानकारी दिए । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page