बाढीले कजवे बगाउँदा बाख्रेका दुई सय घर यातायात बाट बिच्छेद
तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं १ बाख्रे जाने कजवे पुल बाढीले बगाउँदा बाख्रेका दुई सय घर धुरी यातायात बाट बिच्छेद भएका छन् । व्यास नगरपालिका वडा नं ५ स्थित बाट म्याग्देकाे बाख्रेतर्फ जाने गुणादी खाेलाकाे कजवे बगाउँदा बाख्रेका मानिसलाई निकै कष्ट भएको टाेल बिकास संस्थाका अध्यक्ष राजु गुरूङले बताए । हरेक वर्ष याे समस्या आएकाे भए पनि सम्बन्धित निकायले दिर्घकालिन रूपमा ध्यान नदिएको गुरूङले गुनासो गरे ।

गाउँ जाेड्ने बाटो अवरुद्ध भए पछि मानिसहरू बिरामी हुँदा डाेलिमा बाेक्नुपर्ने अवस्था आएकाे स्थानीय लालबहादुर विकले बताए । २० औ वर्ष पुरानो बाटो भए पनि समयमा काम नहुँदा वर्षेनी समस्या भाेग्नुपरेकाे विकको भनाइ छ । कजवे बगाएपछि सवारीसाधन चल्न नसक्दा गाउँमा सरसामान लान देखि सबै कुरामा समस्या भएको अर्का स्थानीय युवा मदन गुरूङले बताए । जतिसक्दो छिटो पुल लगायतको अन्य बिग्रेको , भत्केको बाटो निर्माण सुधार गर्न गुरूङले सराेकारवाला निकाय सँग माग गरे ।

























