काे बन्ला सत्यवतीकाे अध्यक्ष
तनहुँकाे व्यास नगरपालिका वडा नं २ मा रहेको सत्यवती माविको अध्यक्ष काे बन्ला भनेर यतिबेला चासो बढेको छ । अध्यक्षकाे लागि ११ जना पुरूष र ४ जना महिला गरी १५ जनाले इच्छा देखाए पछि केही दिनदेखि यसको टुंगो लाग्न सकेको छैन । विगतमा कहिले सर्वसम्मत त कहिले निर्वाचन बाट अध्यक्ष तथा सदस्य चुन्ने गरिएकोमा यसपटक भने निर्वाचन नहुने देखिएको छ ।

उम्मेदवारी दिएका सबैले हस्ताक्षर गरेर छनाैट समितिले गरेको निर्णय मान्छाैँ कुनै उजुरी गर्दैनौं भनि छनाेट समितिलाई हस्ताक्षर बुझाएको एक उम्मेदवारले बताए ।
सर्वसम्मत नेतृत्व चयन गर्ने वातावरण बनाउन छनाेट समिति गठन भएको छ , पहिला समितिले मिलेर आउनुस भनेको तर आँफै मिल्न सक्ने अवस्था नभएपछि छनाेट समितिलाई नैं अधिकार दिएको ती उम्मेदवारले बताए ।

छनाेट समितिमा व्यास २ का वडा अध्यक्ष काशीराम श्रेष्ठ , व्यास नगरपालिका शिक्षा अधिकारी केदार आचार्य र प्रअ पुष्पकला भट्टराई रहेका छन् ।
यस सम्बन्धमा वडा अध्यक्ष काशीराम श्रेष्ठ सँग सम्पर्क गर्दा अहिले समितिमा छलफल भइरहेको र एक दुई दिनमा यसलाई टुङ्ग्याइने जानकारी दिए ।
उम्मेदवारी दिनेहरूमा हालका अध्यक्ष करूण राज काफ्ले , आोमकार आचार्य , विशेश्वर सुवेदी , महेन्द्र थापा , महेन्द्र गिरी , केहरसिँह आले , कृष्ण कुमार श्रेष्ठ , सुर्यचन्द्र लम्साल , रमेश गिरी , शान्ति देवकोटा , राजेन्द्र बानिया , रमा वाग्ले , चन्द्रादेवि तिवारी ,राममाया श्रेष्ठ र चाेलानाथ पाैडेल रहेका छन् ।
























