व्यास १ की खड्काकाे ५ लाख ठग्ने थापा पक्राउ

व्यास १ की खड्काकाे ५ लाख ठग्ने थापा पक्राउ

अनलाईन मार्फत ठगी गर्ने एक महिलालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरकाे हेटौडा महानगरपालिका वडा नं. ५ पिप्ले बस्ने बर्ष २२ की आस्था थापा रहेकि छन् ।
जिल्लाकाे व्यास नगरपालिका वडा नं. १ बस्ने सृजना खड्कालाइ सामाजिक संजाल WhatsApp को प्रयोग गरी म्यासेज मार्फत बिदेशबाट मोबाइल, एयरबोर्ट समेतको सामान आएको छ भनी झुक्यानमा पारी नगद रु.५,००,० ००।- (पाँच लाख रुपैँया) ठगी गर्ने थापालाई प्रहरीले पक्राउ गरेको हाे । पक्राउ परेकि थापालाई ठगी सम्बन्धी कसुरमा तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेकाे प्रहरीले जानकारी दिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page