तनहुँकाे बिकास — सडकको बिचमा बिजुलीको पाेल !
तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं ३ स्थित उपल्लाे पसले काेईरालाथाेक कृषि माेटर मार्गकाे बीच बाटोमा भएको बिजुलीको पाेलले काममा अवरोध भएको छ ।

माेटरमार्गकाे बिचमा भएको बिजुलीको पाेल बिद्धुतले नसार्दा काम नैं प्रभावित भएको हाे । पसले बाट माझीलाङ तर्फ जाने बाटोमा प्रदेश सरकारकाे ५० लाख बजेट अन्तर्गत २ सय मिटर पिचको काम हुने भएपनि बिजुलीको पाेल नसर्दा काम राेकिएकाे छ ।

पटकपटक बिजुलीको पाेल सार्न सम्बन्धित निकायलाई भन्दा पनि पाेल नसार्दिएकाे बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष शाेभाखर दाहालले बताए । प्राविधिक कार्यालय देखि बिद्धुत प्राधिकरणलाई पटकपटक भन्यौं तर टेरपुच्छर लाछैनन दाहालले भने । पुर्वाधार कार्यालयका प्राविधिक लाई भन्दा याे काम हामीले हैन गर्ने भन्छन् , बिद्धुतमा गयो पैसा चाहिन्छ जम्मा गर्नुस भन्छ अध्यक्ष दाहालले भने । बिद्धुत प्राधिकरणले पाेल सार्न २५/३० हजार खर्च लाग्ने हुँदा त्यो डिपाेजीट गरे सार्दिने बताएको समितिले जानकारी दिएकाे छ ।
यता यस सम्बन्धमा पुर्वाधार कार्यालयका ईन्जिनियर सुर्य थापा सँग सम्पर्क गर्दा आफुले फिल्ड हेर्दानैँ पहिला बिजुलीको पाेल क्लियर गर्न भनेकाे र त्यो हामी गर्छौं भनेर समितिले भनेपछि अगाडि बढेको बताए । म त नापजाँच गरेर बाटो बनाउँदा सम्म पाेल क्लियर हुन्छ भनेर काम सकाएँ तर पाेल त अहिलेसम्म जहाँको त्यहीँ रछ थापाले भने । ठुलो ठेक्का भएको भए हामीले पहिल्यै रकम छुट्याउँथेउँ तर सानो बजेट भएकोले नछुट्याएकाे उनलेे जानकारी दिए ।
बिद्धुत प्राधिकरणले भने यस्तो काममा बजेट नहुने हुँदा समस्या भएको बताएकाे छ ।
























