सह–महामन्त्री परियार रिङ आउट हुँदा भण्डारी मन्त्री बन्ने सम्भावना बढ्यो
दमौली , ३० असार । केपी ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारी मन्त्री बन्ने सम्भावना बलियो बन्दै गएको छ ।
कांग्रेसको शेखर –गगन समूहबाट मन्त्री लाइनमा रहेका सह–महामन्त्री जीवन परियार रिङ आउट भएसगै गण्डकीबाट के.स.भण्डारी मन्त्री बन्ने सम्भावना बलियो बनेको हो । शेखर गगन समूह निकट स्रोतले बताए अनुसार उक्त समूहबाट यसअघि सहमहामन्त्री परियार मन्त्री बन्ने सूचीमा रहेको भएपनि अन्तिममा परियारको नाम हटेको बुझिन आएको छ ।

























