साँगे खोलामा डुबेर शिशिरको मृत्यु
तनहुँकाे व्यास नगरपालिका वडा नं. ५ साँगे खोलामा डुवेर एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा व्यास नगरपालिका वडा नं ५ का २० बर्षीय शिशिर कुमाल रहेको प्रहरीले बताएको छ ।
कुमालकाे घरदेखी अं.१ किलोमिटर टाढा रहेको साँगे खोलामा डुबेको अवस्थामा स्थानियले देखी तत्काल उद्दार गरी दमौली अस्पतालमा पुर्याउदा निजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएकाे छ ।

























