म्याग्देको सार्वजनिक सुनुवाई सम्पन्न
म्याग्दे गाँउपालिकाको आर्थिक वर्ष ०८०।०८१ को तेश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम असार ३० गते सम्पन्न भएको छ । पालिकावाट हुने सेवाप्रवाह, विकासका समग्र पक्ष, सुशासन र पारदर्शिताका विषयमा पालिका भित्रका नागरिक, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीलाई जानकारी गराउने हेतुले सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको म्याग्दे गाउँपालिकाले जनाएको छ ।

म्याग्दे गाँउपालिकाको वडा नं ५ को वडा कार्यलयमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , उपाध्यक्ष बालकृष्ण घिमिरे प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी लगायतका बिषयगत शाखा प्रमुखहरूले सहभागीहरूले उठाएको जिज्ञासा मेटाएका थिए ।

























