जोखिमपुर्ण औषधी बिक्री गर्ने संचालक थापा पक्राउ

जोखिमपुर्ण औषधी बिक्री गर्ने संचालक थापा पक्राउ

तनहुँकाे व्यास नगरपालिका वडा नं.२ गणेशमानमार्ग स्थित प्रसन थापा मेडिकलका संचालक बर्ष ५३ की केशीमाया थापा पक्राउ परेकी छन् ।
थापाले ग्राहकसँग इजाजत प्राप्त व्यक्तिको सिफारिस बिना मानव शरीरमा गम्भीर असर हुने जोखिमपूर्ण औषधि बिक्री बितरण गरेको भन्दै उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार उक्त पसल तलासी लिदाँ prenura 75 pregabalin Capsules पत्ता १२, prenura 150 pregabalin Capsules पत्ता १२ र Dicyclomine hydrochloride tablet पत्ता ८८ फेला परेको थियो । सञ्चालक थापालाई पक्राउ गरी निज उपर मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १९ को दफा २३४ को उपदफा १ बमोजिम थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page