पानीको दहमा डुबेर रामकाेष स्वाराका एकैघरका दुई बालिकाको मृत्यु

पानीको दहमा डुबेर रामकाेष स्वाराका एकैघरका दुई बालिकाको  मृत्यु
Oplus_0

पानीको दहमा डुबेर स्याङ्जामा एकै घरका दिदीबहिनीको मृत्यु भएको छ। पुतलीबजार–४ रामकोष स्वाराका नरेन्द्रबहादुर थापाका छोरीहरु १४ वर्षकी लक्ष्मी थापा र १२ वर्षकी सुस्मिता थापाको स्थानीय पानीको दहमा डुबेर आइतबार मृत्यु भएको हो। लक्ष्मी कक्षा ९ र बहिनी सुस्मिता कक्षा ५ मा अध्ययनरत रहेका थिए।

घरदेखि केही पर रहेको पधेँरोमा नुहाउन र लुगा धुन गएका उनीहरुको सोही पानीको दहमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ। उनीहरुको शबलाई पोस्टमार्टमका लागि अस्पताल पठाईएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page