नक्कली डाक्टर बनी बालिका बलात्कार गर्ने तनहुँका थापा पक्राउ

नक्कली डाक्टर बनी बालिका बलात्कार गर्ने तनहुँका थापा पक्राउ
Oplus_0


नक्कली डाक्टर बनी १२ वर्षकी एक बालिका बलात्कार गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

व्यास नगरपालिका वडा नं १ भादगाउँ घर भइ हाल काठमाडौं १६ ढल्कुचाेक बस्ने र वीर अस्पतालकाे डाक्टर भनी झुक्याएर २५ वर्षीय सागर मगरले घरमा काेही नभएको माैका पारी डर त्रास देखाएर पटकपटक जबर्जस्ती करणी गर्ने ती युवालाई प्रहरीले पक्राउ गरेको हाे ।
तनहुँकाे देवघाट गाउँपालिका घर भएकि ती बालिकाकाे अभिभावकले दिएको जाहेरीकाे आधारमा ती युवालाई प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको बताइएको छ ।
प्रहरीले पक्राउ गरि अनुसन्धान थाल्दा उक्त युवा भादगाउँकाे नभइ देवघाट गाउँपालिका वडा नं २ बस्ने नन्दबहादुर थापाको छाेरा २२ वर्षीय ईश्वर थापा मगर भएको र उ डाक्टर नभइ बसको कन्डक्टर भएको खुलेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page