बाटो खुलेको ३० वर्ष पछि कालोपत्रे

बाटो खुलेको ३० वर्ष पछि  कालोपत्रे

तनहुँको म्याग्दे गाउँपालिका वडा नं २ स्थित पिपलडी कृषि मोटर मार्ग कालोपत्रेकाे काम सम्पन्न भएको छ ।

ट्रयाक खुलेको करिब ३० बर्ष पछि उक्त मोटरमार्ग कालोपत्रे भएको म्याग्दे २ का वडा सदस्य रमेश अधिकारीले बताए । प्रदेश सरकारको ३० लाख बजेटमा ४ सय २० मिटर बाटो कालोपत्रे गरिएकोमा पछि पुन थप बजेटमा २ सय मिटर बाटो कालाेपत्रे गरिएकाे अधिकारीले जानकारी दिए । उक्त बाटाे सम्पन्न गर्न अब ४ सय मीटर बाँकी रहेको भन्दै अधिकारीले थप आवस्यक बजेट उपलब्ध भए बाटो सम्पन्न हुने र स्थानीय लाभान्वित हुने बताए ।

पृथ्वीराजमार्गमा जोडिएको उक्त बाटोमा गाउँपालिका तथा वडाको सहयोगमा पक्की नाला समेत निर्माण सम्पन्न भएको छ । बाटो कालोपत्रे भए पछि त्यस क्षेत्रका सय भन्दा बढी घर धुरीका बासिन्दा लाभान्वित भएका छन् । लामो समयदेखिको बाटो कालोपत्रेको सपना पूरा भएको भन्दै स्थानीयहरू खुसी भएका छन् ।


यसैबीच म्याग्दे २ का वडा सदस्य एवम् युवा नेता अधिकारीले वडाका विभिन्न युवा क्लबलाई भलिबल तथा नेट सहयोग गरेका छन् । वडाको बिकासमा निकै सक्रिय अधिकारीले क्लबका युवाहरूलाइ पटकपटक खेलकुद , स्टेसनरी लगायतका विभिन्न सहयोग गर्दै आएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page