छाब्दी बाराही र ढाेरवाराही मन्दिरमा साउन महिनामा पुजा नहुने
तनहुँकाे व्यास नपा–१४ छाब्दीमा रहेको तनहुँकै प्रसिद्ध छाब्दी बाराही मन्दिर र शुक्लागण्डकी नगरपालिका-९ स्थित प्रसिद्ध ढोरवाराही मन्दिरमा साउन महिनाभर पूजा नहुने भएको छ । दुबै मन्दिरमा साउन महिनाभर भाकल पूजा नहुने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

हरेक वर्ष जस्तै साउन महिनाभर मन्दिरमा भाकल पुजा स्थगित भै साउनको अन्तिममा बहाली पुजा पश्चात पुनः संचालन हुनेछ।

पर्यटकीय भ्रमण अवलोकन तथा मनोरञ्जनका निम्ति भने कुनै बन्देज नभएको जनाइएको छ । मत्स्य अवतार देवीको रुपमा पुजिने छाब्दि र ढाेर वाराही मन्दिरमा मत्स्य अवतार वाराही देवी श्रावण महिना भरि गुफा बस्ने हुदा यस मन्दिरमा श्रावण महिना भरि पुजा बन्द हुने छाब्दी बाराही मन्दिर विकास कोषका अध्यक्ष प्रेम थापाले बताए । साथै उक्त मन्दिरमा हरेक एकादशी र औशी मा पनि पुजा बन्द हुने गर्दछ । उक्त मन्दिरमा अब भदौ १ गते बाट मात्रै नियमित पुजा सुचारु थापाले बताए ।
























