जिआर इलेक्ट्रोनिक्स द्वारा पत्रकार महासङ्घ तनहुँलाई वाटर प्युरिफायर सहयोग
व्यास नगरपालिका–३ सफासडकस्थित जिआर इलेक्ट्रोनिक्सले आफ्नो वार्षिकोत्सवको अवसरमा नेपाल पत्रकार महासङ्घ तनहुँ शाखालाई वाटर प्युरिफायर सहयोग गरेको छ । इलेक्ट्रोनिक्सले छैटौ वार्षिकोत्सवको अवसरमा शाखालाई पानी शुद्धिकरणका लागि वाटर प्युरिफायर सहयोग गरेको हो ।
इलेक्ट्रोनिक्सका सञ्चालक गौरव खड्काले मङ्गलबार शाखा अध्यक्ष उज्वल पौडेललाई उक्त प्युरिफायर हस्तान्तरण गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत शाखालाई सहयोग गरेको बताए । इलेक्ट्रोनिक्सले यस अगाडि पनि सामाजिक क्षेत्रमा विभिन्न सहयोग गर्दै आएकाे छ ।

























