लागू औषध सहित ब्यास ४ का सुजन दरै पक्राउ

लागू औषध सहित ब्यास ४ का सुजन दरै पक्राउ

तनहुँकाे व्यास नगरपालिका वडा नं. ४ सित्तलचोकका सुजन दरै अबैध लागू औषध सहित पक्राउ परेका छन् । दरैले अबैध रुपमा लागु औषधको बिक्री बितरण गरीरहेको भन्ने सुचनाको आधारमा उनको घर खानतलासी गर्दा ठुलो मात्रामा लागू औषध कोठाभित्र झोलामा लुकाई राखेको अवस्थामा फेला पारेको प्रहरीले बताएको छ । साथै पक्राउ परेका दरैकाे साथबाट रू. ३९ हजार रूपैँया नगद समेत फेला पारेको बताइएको छ ।

यस्तै दरै सँग रहेका धादिङ थाक्रे गा.पा. वडा नं. ८ घर भई हाल पोखरा १७ बिरौटा बस्ने बर्ष २८ को अनिल तामाङलाई समेत प्रहरीले पक्राउ गरेकाे छ । तामाङकाे साथबाट समेत प्रहरीले लागू औषध फेला पारेको थियो । पक्राउ परेका दुबै लाई अदालत बाट म्याद थप गरि थप अनुसन्धान गरिरहेको प्राप्त समाचारमा उल्लेख छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page