बालबालिकालाई संस्कार र संस्कृति सिकाउँदै आइसाेगाइ

बालबालिकालाई संस्कार र संस्कृति सिकाउँदै आइसाेगाइ


संस्कार र संस्कृतिलाई जगेर्ना गर्ने मुख्य उद्धेश्य सहित व्यास ४ दमाैलीमा रहेको आइसाेगाइ स्कुलले बालबालिका सँग साउने संक्रान्ती पर्व मनाएको छ ।
खासगरी साउने सक्रान्तीमा जोल्ठे निबुवा, बेलौंती, सुन्तला, बेत लौरी, कुकुर डाइनो, सिरूपाते, जनै लहरो, मकरकाजी र तिउरे यस्ता सामाग्रीहरूको प्रयोग गर्ने पुरानो परम्परा पछिल्लो समय हट्दै गएको अवस्थामा बिद्यालयका बालबालिकाहरूलाइ उक्त वनस्पति र फलफूल चिन्नका साथै प्रयोग गरेर साउने संक्रान्ती मनाउने चलनको बारेमा सिकाएकाे हाे ।

बिद्यार्थीहरूलाइ पुरानो संस्कार , संस्कृति लाेप हुँदै गएको अवस्थामा त्यसलाई चिनाउन यस किसिमको अभ्यास गरिएको बिद्यालयकी सञ्चालक सारदा न्याैपानेले बताइन् । पुरानो परम्पराकाे प्रयाेगले बिद्यार्थीहरू मात्रै नभइ अभिभावक समेत खुसी भएको उनलेे बताइन् ।
मौलिक चलनअनुसार यो दिन गाउँघरमा लुतो फ्याँक्ने गरिन्छ । निबुवा लगायतका अमिला फलफूल, कुरिलो, कुकुरडाइनो, भलायो लगायतका वनस्पतिहरू बिहानै घरमा ल्याएर राख्ने साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन गाउँघरतिर अझै रहेको छ । नीम, कुरिलो, पानीसरो, तितेपाती आदि वनस्पति जम्मा पारी बलिरहेको बत्ती वा अगुल्टो चारै दिशामा मिल्काउनुलाई लुतो फ्याँकेको भनिन्छ । त्यसो गर्दा चर्मरोग नलाग्ने जनविश्वास छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page