देब्रे हात भाँच्चिएकोमा दाहिनेमा प्लास्टर गरिदिएपछि—-

देब्रे हात भाँच्चिएकोमा दाहिनेमा प्लास्टर गरिदिएपछि—-
Oplus_0

देब्रे हात भाँच्चिएर उपचारका लागि आएका एक जना बालकको दाहिने हातमा पलास्टर गरिएको तस्बिर मंगलबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जिल्ला अस्पताल बझाङका स्वास्थ्यकर्मीको लापर्बाहीले यस्तो भएको भन्दै अस्पतालका कर्मचारीलाई सञ्जाल प्रयोगकर्ताले आलोचना गरिरहेका छन् । 

अस्पतालले बिरामीको उपचारमा गम्भीर लापर्बाही गरेको भन्दै मंगलबार केहीबेर नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्याकर्ताले कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दीसमेत गरेका थिए । भाइरल भएका ती बालक बझाङको दुर्गाथली गाउँपालिका–७, दौलाका ७ वर्षीय सुनील दौल्याल हुन् ।

आइतबार साँझ घरको ढोकानजिकै खेल्ने क्रममा लडेका सुनीललाई उनका दाइ आदेश दौल्यालले सोमबार जिल्ला अस्पताल सिमखेत पुर्याएका थिए । सोमबार दिउँसो तीन बजेतिर अस्पताल पुर्याइएका उनको एक्सरे गर्दा देब्रे हातको कुइनामा भाँच्चिएको देखियो । चिकित्कसले शल्यक्रिया गर्नु पर्ने भन्दै सुनीललाई वार्डमा भर्ना हुन लगाए ।

केही बेरमा आएका नर्सहरूले हातमा पलास्टर गर्नुपर्ने भनेर बालकलाई अर्को कोठामा लगे । कुरुवा गएका आदेश सोही कोठाको बाहिर राखिएको कुर्सीमा बसेका थिए । पलास्टर सकिएपछि ‘भोलि अपरेसन हुन्छ’ भन्दै स्वास्थ्यकर्मीले सुनीललाई आदेशको जिम्मा लगाए । आदेश पनि सुनिललाई लिएर अस्पतालको क्यान्टिनमा खाना खान गए । ‘क्यान्टिनमा पुगेपछि हेर्दा त भााच्चिएको हातमा नभई अर्को हातमा पलास्टर गरिएको रहेछ,’ आदेशले भने, ‘मैले भिडियो बनाउदै गरेको देखेपछि क्यान्टिनका कर्मचारीले डाक्टरलाई खबर गरे छन् । तुरुन्तै आएर भाइलाई भित्र लगे । पहिलाको पलास्टर फालेर फेरि अर्को हातमा लगाइदिए ।’ ‘गल्तीले अर्को हातमा पलास्टर भएछ’ भन्दै स्वास्थ्यकर्मीले सुनीललाई लिएर गएको आदेशले बताए ।

मंगलबार साँझ शल्यक्रियापछि बुधबार अस्पतालले सुनीललाई डिर्स्चाज गरेको छ । भाँच्चिएका हड्डीलाई तारको सहयोगले जोडेर शल्यक्रिया गरिएको जिल्ला अस्पताल बझाङका हाडजोर्नी विषेशज्ञ डाक्टर दीपक खड्काले बताए । पलास्टर गर्ने क्रममा अस्पतालका कर्मचारीको कमजोरी भएको भन्दै उनले यो मानवीय त्रुटि भएको बताए । ‘प्रायः यस्तो केस मैले आफैले हेर्ने गर्थें । त्यो दिन खुट्टा भााच्चिएको अर्को गम्भीर बिरामी आएकोले म इमरजेन्सीमा जान्छु । बच्चाको हातमा सपोर्ट लगाइदिनु भनेर तल झरो । उनीहरूले अर्कै हातमा सपोर्ट लगाइदिएछन्,’ खड्काले भने ।

आइतबार साँझ घरको ढोकानजिकै खेल्ने क्रममा लडेका सुनीललाई उनका दाइ आदेश दौल्यालले सोमबार जिल्ला अस्पताल सिमखेत पुर्याएका थिए । सोमबार दिउँसो तीन बजेतिर अस्पताल पुर्याइएका उनको एक्सरे गर्दा देब्रे हातको कुइनामा भाँच्चिएको देखियो । चिकित्कसले शल्यक्रिया गर्नु पर्ने भन्दै सुनीललाई वार्डमा भर्ना हुन लगाए ।जिल्ला अस्पतालका प्रमुख डा. नवराज जोशीले भने हाडजोर्नी विषेशज्ञ डा. खड्कासहितको टोलीले यस्तो कमजोरी गरेको सुनाए । ‘घटनाको बेला म अर्को अपरेसनमा व्यस्त थिएा । पछि बुझ्दा अर्थो डाक्टरसहितको टोलीबाट यस्तो कमजोरी भएको रहेछ,’ उनले भने, ‘कसरी यस्तो लापर्बाही भएको हो यस बारेमा थप बुझ्दै छौँ ।’ उनले भविष्यमा यस्तो घटना नदोहोरियोस् भने छानबिन गरिने बताए ।
कान्तिपुर बाट

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page