तनहुँमा धमाधम जुवाडे पक्राउ -शुक्लाबाट १६ जना समातिए –

तनहुँमा धमाधम जुवाडे पक्राउ -शुक्लाबाट १६ जना समातिए –

तनहुँको शुक्लागण्डकी नगरपालिका– ७ नमुना भोटेपानीटोल स्थित रेख बहादुर थापा मगरको घरमा अबैध रुपमा जुवातास खेलिरहेको अवस्थामा १६ जना जुवाडे पक्राउ परेका छन् । 
घरधनी रेख बहादुर थापा मगर सहित अमृत सारु, मुक्त बहादुर राना, डोल बहादुर राना, विष्णु थापा, अशोक कुमाल, डम्बर बहादुर थापा, देविराम गुरुङ, राजेन्द्र ढुङ्गाना, चेत प्रसाद सिग्देल, उदय कुमार भुजेल, गणेश बहादुर दर्लामी, सुदिप नेपाली, मदन थापा, सागर परियार र रितु भुजेल पक्राउ परेका हुन् । 


जुवाखालबाट ६ बुक तास र ५९ हजार नौ सय साठी रूपयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । पक्राउ गरिएका जुवाडेलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी थप अनुसन्धान कार्य भई भइरहेको प्राप्त समाचारमा उल्लेख छ।    

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page