जापान पठाइदिन्छु भन्दै ८४ लाख ठग्ने कमलवारीकी मनुमाया पक्राउ

जापान पठाइदिन्छु भन्दै ८४ लाख ठग्ने कमलवारीकी मनुमाया पक्राउ
Oplus_0


तनहुँकाे भिमाद नगरपालिका वडा नं. ५ घर भई हाल पोखरा महानगरपालिका वडा नं. १ बगर बस्ने बर्ष ३८ की रुपासरा रानालाई सामाजिक संजाल फेसबुक मार्फत सम्पर्क गरी बैदेशिक रोजगारको लागी जापानमा फेमिली भिषा लगाई पठाईदिन्छु भन्दै ठगी गर्ने एक महिला पक्राउ परेकी छन् ।


पक्राउ परेकी मनुमाया थापाको विभिन्न बैकहरुको खातामा पैसा जम्मा गर्न लगाई जम्मा नगद रु.७९,९७,९९९।- (उनान्असी लाख सन्तानब्बे हजार नौ सय उनान्सय रुपैंया) बैकबाट निकाली सकेको अवस्थामा खातावाला पक्राउ परेको हाे । पक्राउ परेकी व्यास नगरपालिका वडा नं. १२ कमलबारी बस्ने बर्ष ३८ की मनुमाया थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनको साथबाट नगद रु. ४,८०,०००।- (चार लाख असी हजार रुपैंया) र विभिन्न ७ (सात) वटा बैकहरुको चेक समेत नियन्त्रणमा लिएर तनहुँ जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page