४३ जना पतंजलि शह- याेगशिक्षक लाइ प्रमाणपत्र प्रदान
बिहीबार दमाैलीमा ४३ जना पतंजलि शह-याेगशिक्षकलाइ प्रमाणपत्र प्रदान गरिएको छ । शह-याेगशिक्षक प्रशिक्षण गरेका उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिका उपप्रमुख इन्दिरा दरैले प्रमाणपत्र प्रदान गरेकी हुन् ।

प्रमाणपत्र प्रदान गर्दै व्यास नगर उपप्रमुख इन्दिरा दरैले व्यास नगर क्षेत्रमा धेरै याेग गुरूहरू उत्पादन भएको बताइन् । यसरी हेर्दा नगर याेगमय भएको छ । याेग व्यवस्थापनकाे लागि नगरपालिकाले आवस्यक सहयोग गर्दै आएकाे र भविस्यमा पनि गर्दै जाने उपप्रमुख दरैले बताइन् ।
याेग केन्द्र स्थापना काे लागि नगरपालिकामा याेजना प्रस्ताव ल्याउन उनलेे सहभागीलाई आग्रह गरिन् । महिला झनै बढी याेगमा आकर्षित भएको देख्दा निकै खुसी लागेको भन्दै उनलेे हरेक क्षेत्रमा महिलाहरू अगाडि बढ्नुपर्ने बताइन् ।

ब्यास नगर पतञ्जली अध्यक्ष कुमार मल्लकाे अध्यक्षतामा भएको कार्यक्रममा संगठन मन्त्री अर्जुन कुमार श्रेष्ठ ,जिल्ला अध्यक्ष मानबहादुर आले , मणिजंग बस्नेत , व्यास नगर महिला पतञ्जली अध्यक्ष माेक्षदा ढकाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा हरिद्वार गुरूधाम भ्रमणमा जाने पतंजलिका सदस्यहरू लाई बिदाइ तथा यात्रा सफलताको शुभकामना व्यक्त गरिएको थियो ।
























