चितुवाको आक्रमणबाट बन्दिपुरमा एक बालकको मृत्यु

चितुवाको आक्रमणबाट बन्दिपुरमा एक बालकको मृत्यु
Oplus_0

तनहुँको बन्दिपूर गाउँपालिकामा चितुवाको आक्रमणबाट फेरि एक बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा बन्दीपुर–५ निवासी जीत बहादुर अच्छामीका छोरा बर्ष ११ का सुन्दर अच्छामी रहेका छन् ।


जिल्ला प्रहरी कार्यालयका अनुसार साँझ सवा ८ बजे आसपास गाइगोठबाट घरतर्फ फर्किने क्रममा चितुवाले बालकलाई आक्रमण गरी घाइते बनाएको थियो ।  
घाइते बालकको उपचारको क्रममा बन्दिपुर हस्पिटलमा निधन भएको बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page