सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र दमाैली सामुदायिक अस्पताल बिच ग्राहकलाई छुट दिने सम्बन्धि सम्झौता
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लि र दमौली सामुदायीक अस्पताल प्रा लि बिच ग्राहकहरुलाई विशेष छुट सुविधा दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार सिद्धार्थ इन्स्योरेन्समा इन्स्योरेन्स गर्ने हरेक व्यक्तिले सामुदायिक अस्पताल व्यास ३ मा बेड चार्ज, ल्याब टेस्ट, एक्सरे, डाक्टर फि तथा ओपिडि सेवामा २० प्रतिशत छुट पाउनेछन् ।
यस्तै दैनिक खानुपर्ने औषधीमा – ५ प्रतिशत तथा
जनरल औषधीमा – ७ प्रतिशत छुटको सुविधा पाउने सम्झौता भएको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स दमाैली शाखा प्रमुख राेबिन श्रेष्ठले बताए । इन्स्योरेन्स नियमित भएकोले मात्रै याे सुविधा पाउन सक्ने समेत उनलेे जानकारी दिए ।

























