तनहुँ जिल्ला अदालतकाे उत्कृष्ट कार्यसम्पादन -दुई वर्ष पुराना मुद्दा शून्य !
तनहुँ जिल्ला अदालतले एक बर्षको अवधिमा २ हजार २८ मुद्दा फछ्र्यौट गरेको छ । जिल्ला अदालतमा दर्ता भएका र जिम्मेवारी सरेर आएका २७ सय ६६ मुद्दा मध्ये सो मुद्दा फछ्र्यौट गरिएको बिहीबार पत्रकार सँगकाे अन्तरक्रियामा जिल्ला अदालत तनहुँका श्रेस्तेदार केशवराज पौडेलले बताए ।
अदालतले अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा एक हजार आठ सय २३ मुद्धा फछ्यौट गरेको थियो । त्यस आर्थिक वर्षमा जिम्मेवारी सरीआएका एक हजार एक सय ३५ र नयाँ दर्ता एक हजार सात सय ८९ गरी कूल दुई हजार नौ सय २४ मुद्धा थियो ।

यो आर्थिक बर्षको अविधमा दर्ता भएको ७ सय मुद्दा बाँकी रहेका छन् । समयसँगै परम्परागत मुद्दा भन्दा फरक खालका मुद्दाका प्रकृतिहरु न्यायलयमा आएको पाैडेलले बताए । तनहुँ जिल्ला अदालतमा सबै भन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । तनहुमा आर्थिक बर्ष २०८९÷८१ मा ६ सय १३ मुद्दा दर्ता भएका छन् सो मध्ये ६ सय ७२ मुद्दा फछ्र्यौट भएका छन् । यस्तै १ सय १२ मुद्दा फछ्र्यौट हुन बाकी रहेको छ ।अघिल्लो बर्ष ९२७ मुद्दा दर्ता भएका थिए । सो मध्ये ७ सय ५६ मुद्दा फछ्र्यौट भएको थियो । गएको आर्थिक बर्षमा १ सय ७१ मुद्दा जिम्मेवारी सरेर आएका थिए ।

मुद्दाको चापका कारण न्याय सम्पादनका लागि न्यायाधीशहरू अतिरिक्त समय खटिने गरेका न्यायाधीश कमलराज विष्टले बताए ।न्याय सुशासनलाई प्रमुख प्राथमिकतामा राखेको विष्टको भनाइ छ । यस्तै अंशको नयाँ दर्ता दुई सय पाँच, जिम्मेवारी सरेर आएको दुई सय ५० गरी चार सय ५५ रहेकोमा तीन सय एक वटा फैसला भई एक सय ५४ वटा बाँकी रहेको छ।
चेक अनादारमा नयाँ दर्ता ७५, जिम्मेवारी सरेर आएको ९२ गरी एक सय ८४ रहेकोमा एक सय ३४ वटा फैसला भई ५० वटा बाँकी रहेको छ। लागु औषधमा नयाँ दर्ता ७४, जिम्मेवारी सरेर आएको ४८ गरी एक सय २२ वटा रहेकोमा ९४ वटा फैसला भई २८ वटा बाँकी रहेको छ । जबरजस्ती करणीमा २५ नयाँ दर्ता जिम्मेवारी सरेर आएको ४२ गरी ६७ वटा रहेकोमा ३९ वटा फैसला गरी २८ वटा बाँकी रहेको छ।
विगतमा वर्षों देखिको पुराना मुद्धाहरु जिम्मेवारी सरेर आउने गरेकोमा यस आर्थिक वर्षमा २ वर्षभन्दा बढी समयको कुनै पनि मुद्धा नरहेको जिल्ला न्यायधिस कमलराज विष्टले बताए । अदालतले नयाँसँगै पुराना मुद्धाहरुलाई पनि त्यतिकै महत्व दिएर फैसला गरेकाले पुराना मुद्धाहरु कम रहेको न्यायधिस विष्टले बताए । छिटो न्याय दिने उद्देश्यले पुराना मुद्धालाई महत्व दिईएकोले दुई वर्ष पुराना मुद्धा शुन्यमा झारेका छौं। सो अवसरमा साँघुरो कोठा, वषौं पुरानो र जिर्ण भवनमा काम गर्नुपर्दा कठिनाई भएको बारेमा समेत जानकारी दिईएको थियो।
कार्यक्रममा वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जटिल कानुनी व्यवस्था केही मुद्धा ढिलो फैसला हुने बताए। सम्बन्ध विच्छेदको मुद्धा एक वर्ष नभई फैसला गर्न नपाइने कानुनी प्रावधानले गर्दा ढिलाई भएको उदारहण दिँदै अधिवक्ता वाग्लेले कानुनलाई समय सापेक्ष सुधार गर्दै जैजान आवश्यक रहेको बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अपिलराज बोहोरा, नेपाल बार एशोसियन तनहुँका अध्यक्ष डम्बरदेव हड्खले, अदालतका नायव सुब्बा गोविन्द भण्डारी लगायतले गल्ती गर्ने कानुनी कारबाहीमा पर्छन् भन्ने कुराहरु सञ्चार माध्यबाट सुसूचित गराएर सामाजिक अपराध कर्म गराउन सञ्चारकर्मीलाई आग्रह गरेका थिए ।
























